काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश नेपालमा मनाइने चाडपर्वले नेपालीबीचको आपसी सहिष्णुता, भ्रातृत्व र सामाजिक सांस्कृतिक ऐक्यबद्धताको बढोत्तरी गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सभामुखले हाम्रा मौलिक चाडपर्वको संरक्षण र सम्वद्र्धन गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो । तामाङ, शेर्पा, ह्योल्मोलगायतका नेपालका आदिवासी जनजातिको मुख्य पर्व एवं नयाँ वर्ष, ‘२८५७औँ सोनाम ल्होसार’र ‘२१४८औँ ग्याल्बो ल्होसार’का अवसरमा शुभकामना सन्देश दिँदै सभामुखले विविधतायुक्त जातीय उपस्थिति रहेको नेपालमा सबैको आआफ्नै संस्कृति, परम्परा र रीतिरिवाज रहेको स्मरण गर्नुभएको छ ।
मौलिकता बोकेका चाडपर्वले आफ्नै विशेषता र महत्व बोकेको भन्दै उहाँले त्यस्ता पर्व विविधताभित्र देखिने मौलिकताका नमूना हुन् भन्नुभएको छ । सोनाम ल्होसार र ग्याल्बो लोसारले शान्ति, मित्रता, सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन प्रेरणा मिल्ने सभामुखले विश्वास व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ३० माघ २०७७, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
मार्क्सवादमा जस्तो शक्ति र ऊर्जा अन्य सिद्धान्तमा छैन : अग्निप्रसाद सापकोटा
संघीय संसद्को ओझ र गरिमा घट्यो : अग्निप्रसाद सापकोटा
२०८४ मा एक्लै लडेर पहिलो पार्टी बन्छौं : माओवादी केन्द्र
धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको माओवादी केन्द्रको निष्कर्ष
माओवादीले शनिवार ६ हजार ७४३ वडामा जुममार्फत एकसाथ विशेष अभियानको उद्घाटन गर्ने