भीआईपीले धमाधम फिर्ता गर्न थाले सुरक्षाकर्मी

पत्रपत्रिकाबाट

शुक्रबार, ३० माघ २०७७, ०७ : ४४
भीआईपीले धमाधम फिर्ता गर्न थाले सुरक्षाकर्मी

सांकेतिक तस्वीर

काठमाडौं । सरकारले पूर्वराजा, पूर्वप्रधानमन्त्रीसहित पूर्वविशिष्ट व्यक्ति(भीआईपी)ले कार्यविधिविपरीत राख्दै आएका सुरक्षाकर्मी धमाधम फिर्ता गर्न थालेको छ ।

गृह मन्त्रालयले पूर्व विशिष्टको सुरक्षाका लागि खटाइने सुरक्षाकर्मीबारे नयाँ मापदण्ड बनाएपछि सरकारले मापदण्डविपरीत पर्ने सुरक्षाकर्मी फिर्ता गर्न थालेको हो । गृह मन्त्रालयको प्रस्तावमामन्त्रिपरिषद्ले केहीसमयअघि पूर्वविशिष्ट व्यक्तिको सुरक्षासम्बन्धीकार्यविधि २०७७पारित गरेको थियो ।

नयाँ स्वीकृत कार्यविधिअनुसार अब पूर्वराष्ट्रपतिले २१ जना, पूर्वप्रधानमन्त्रीले १८ जना, पूर्वराजाले १६, पूर्वउपराष्ट्रपतिले ११ र पूर्वगृहमन्त्रीले दुई जनासुरक्षाकर्मी राख्न पाउनेछन्भने पूर्वप्रधानन्यायाधीश र पूर्वप्रहरी महानीरीक्षकले पनिदुई जना सुरक्षाकर्मी राख्न पाउनेछन् । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस