नयाँ चरणको खोप दिने तयारी

पत्रपत्रिकाबाट

शुक्रबार, ३० माघ २०७७, ०७ : २७
नयाँ चरणको खोप दिने तयारी

काठमाडौं । पहिलो  चरणको  दोस्रो  प्राथमिकतामा  परेका  समूहलाई फागुन २ गतेदेखि कोरोनाविरुद्धको खोप दिने तयारी भएको छ । यो समूहमा महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि र पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

पहिलो चरणको पहिलो प्राथमिकतामा परेका अग्रपङ्क्तिका स्वास्थ्यकर्मीले खोप लगाइसकेका छन् भने सोमबारदेखि सुरु भएको पत्रकार, कूटनीतिक नियोग र दूतावासका कर्मचारीलाई खोप लगाउने काम जारी छ । बिहीबारसम्म यो समूहका एक हजार ९९५ जनाले खोप लगाइसकेका छन् ।

खोप शाखा प्रमुख डा झलक गौतमका अनुसार बिहीबार मात्र ५१३ पत्रकार, २०८ यूएन एजेन्सीका कर्मचारी र २९८ जना राजदूतावासका कर्मचारीले कोरोनाविरुद्धको खोप लगाएको जानकारी दिए । पछिल्लो २४ घण्टामा देशभर तीन हजार २३ जनाको पीसीआर परीक्षण गर्दा काठमाडौँ उपत्यकामा ३३ सहित देशभर ८१ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस