अदालतलाई दबाब दिनु अनुचित : अध्यक्ष तिमिल्सिना

रासस

विहीबार, २९ माघ २०७७, २१ : ०३
अदालतलाई दबाब दिनु अनुचित : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफू अनुकूल व्याख्या गरेर भनेर अदालतलाई दबाब दिनु अनुचित भएको बताउनुभएको छ ।

तनहुँको देवघाट गाउँपालिका–५ मा निर्माण सम्पन्न भएको सभाहलको आज उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले सर्वाेच्च अदालतको फैसलालाई सबैले स्वीकार गर्नुपर्नेमा जोड दिनुभयो । 

स्वतन्त्र न्यायपालिका र संविधानको व्याख्याताको रुपमा रहेको सर्वाेच्च अदालतको अन्तिम फैसलालाई सबैले स्वीकार गर्नुपर्ने तिमिल्सिनाको भनाइ थियो ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वाेच्च अदालतले फैसला गरेपछि देशको राजनीतिक अन्योलत हट्ने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । अहिले सडकमा लगाइएका नारा र आपसी गालीगलौज जनतालाई निराश तुल्याउनाका साथै समृद्ध नेपाल निर्माणमा असहयोग उत्पन्न गराएको उहाँको भनाई थियो । 

गण्डकी सरकारको ६० प्रतिशत र देवघाट गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा रु ९५ लाख ५४ हजारको लागतमा सभाहल निर्माण गरिएको हो । पाँच रोपनी क्षेत्रफलमा फैलिएको सो सभाहलमा ३०० क्षमताको हल र दुई वटा साना कोठा रहेको छ ।

प्रतिक्रिया दिनुहोस