धाडिङ । धाडिङमा मोटरसाइकल र ट्रक ठोक्किदा भएको आगलागीमा बुवा छोराको मृत्यु भएको छ। थाक्रे गाउँपालिका ८ चारकिलोको पेट्रोल पम्पनजिकै बिहीबार दिउँसो पौने १ बजे मोटरसाइकल दुर्घटना ट्रकमा ठोक्किएर आगलागी भएको थियो ।
धाडिङबाट काठमाडौं आउँदै गरेको बा प्र ०२ ००९ प ८२३० नम्बरको मोटरसाइकल बसलाई ओभरटेक गर्नेक्रममा ट्रकसँग ठोक्किएको थियो। ना १ क ६५४७ नम्बरको ट्रकसँग ठोक्किएपछि मोटरसाइकलमा आगलागी भएको इलाका प्रहरी कार्यालय खानीखोलाकी प्रहरी निरीक्षक रूपा थापाले जानकारी दिइन्।
मृतकहरू निलकण्ठ नगरपालिका ५ बस्ने ५९ वर्षीय बुवा बलराम अधिकारी र छोरा ३४ वर्षीय डा सुरेश अधिकारी छन्। प्रहरीले घटनापछि दुबैलाई काठमाडौंको टिचिङ अस्पताल पुर्याएको थियो। तर चिकित्सकहरूले उनीहरू दुबैलाई मृत घोषणा गरेको थियो । दुर्घटनामा मृत्यु भएका सुरेश अधिकारी एमबिबिएस डाक्टर हुन्। सुरेशका बुवाले धाडिङमा कपडाको व्यापार गर्थे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ माघ २०७७, १८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनुषामा दुई वटा ट्रक एकापसमा ठोक्किँदा आगो लाग्यो
दाउन्नेमा भुस बोकेको ट्रक पल्टियो, पूर्व-पश्चिम राजमार्ग एकतर्फी सञ्चालन
काठमाडौँ आउँदै गरेको ट्रक पल्टियो, १९ वटा खसीबोका मरे
अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’
त्रिशुलीमा खस्यो ट्रक
दाङमा गुडिरहेको ट्रकमा आगलागी, ट्रक जलेर नष्ट