बिहीबार थपिए ८१ जना कोरोना संक्रमित, ५ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २९ माघ २०७७, १६ : ४४
बिहीबार थपिए ८१ जना कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा ८१ जना कोरोना संक्रमित थपिएसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७२ हजार ४ सय ३० पुगेको छ ।

स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५२ पुगेको छ ।

मंगलबार १ सय ११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ६ सय  ६० पुगेको छ । हाल देशभर १ हजार ७ सय १८ जना सक्रिय संक्रमित रहेका  छन् ।

प्रतिक्रिया दिनुहोस