गोविन्द केसीले भने– केपी ओली तानाशाह हुन्

सफल खबर संवाददाता

विहीबार, २९ माघ २०७७, १५ : १७
गोविन्द केसीले भने– केपी ओली तानाशाह हुन्

काठमाडौं । नागरिक अभियन्ता डा गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह भएको आरोप लगाएका छन् । बिहीबार काठमाडौंको माइतीघर मण्डलामा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘केपी ओली तानाशाह हुन्, जनताले फाल्नुपर्छ ।’

केसीले विभिन्न ३ बुँदे माग राखेर फागुन १२ गतेदेखि अनशन घोषणा गरेका छन् । उनले संसद विघटनको प्रयासबाट संविधानको रक्षा गर्नुपर्ने, संवैधानिक निकायहरुमा हालै गरिएका नियुक्ति रद्द गर्नुपर्ने, चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि विगतका अनशनमा भएका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् ।

केसीले भने, ‘श्रीपेचविनाका ओली श्री ७ महाराज हुन्, संविधानको हत्यारा हुन् ।’ उनले माग पूरा नभए ७७ जिल्लाको जुनसुकै ठाउँबाट पनि अनशन सुरु हुने केसीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस