मोरङ । राति शौच गर्न निस्केकी जहदा गाउँपालिका–१ की १४ वर्षीया बालिकालाई दुई युवकले अपहरण गरी बलात्कार गरेका छन् ।
आफन्तका अनुसार सोमबार राति साढे ९ बजेतिर पिसाब फेर्न घरबाहिर निस्किएकी बालिकालाई दुई युवकले अपहरणको शैलीमा मोटरसाइकलमा राखी लगेका थिए । उनीहरूले दुई घण्टापछि बालिकालाई उनकै घरनजिक ल्याएर छाडी भागेका थिए । युवकले को२२प १८१६ नम्बर मोटरसाइकल प्रयोग गरेको प्रहरीले जनाएको छ ।
‘म शौच गर्न बाहिर निस्किएको समयमा जबर्जस्ती मोटरसाइकलमा राखेर लगे,’ पीडित बालिकाले भनिन्, ‘सडकमा दुईजना केटाहरू बसेका रहेछन्, मैले देखिनँ । एक्लै भएको मौका पारेर उनीहरूले जबरजस्ती मेरो मुख थुनेर बाइकमा बसाएर लगे । चिच्याउन लाग्दा मुखमा सल कोचे ।’ घरदेखि धेरै टाढा रानी भेडयारीको मकैबारीमा लगेर मार्ने धम्की दिई आफूलाई जबर्जस्ती गरेको ती बालिकाले बताइन् ।
त्यस समयमा दुवैजनाले एकअर्काको नाम लिँदा याद गरेको बताउँदै बालिकाले भनिन्, ‘दीपेश यादव र अजय धोबियाले जबर्जस्ती गरेपछि घरनजिकै ल्याएर छाडी भागे ।’ अपहरण गरेर मोटरसाइकलमा राख्दै घरदेखि लगभग डेढ किलोमिटर पर लगेर बलात्कार गरेको खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी लोकदर्शन थापाले बताए । ‘नागरिक दैनिकमा खबर छ
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २९ माघ २०७७, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बलात्कार आराेपमा एकजना पक्राउ
बालिकालाई बलात्कार गरेको आरोपमा ४९ वर्षका पुरुष पक्राउ
किशोरीलाई होटलमा लगेर बलात्कार गरेको आरोपमा युवक पक्राउ
नसाको तालमा बालकले गरे बालिकालाई बलात्कार
छोराको हत्या र छोरीको बलात्कार आरोप लागेका बुबा पक्राउ
नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक प्रकाउ