सभास्थलको फोहोर व्यस्थापनमा आफैं जुटे नेता देखी कायकर्ता

सफल खबर संवाददाता

बुधबार, २८ माघ २०७७, १९ : ०३
सभास्थलको फोहोर व्यस्थापनमा आफैं जुटे नेता देखी कायकर्ता

काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहले राजधानीमा विरोधसभा आयोजना गरेको स्थलमा नेता कार्यकर्ताले सफाइ गरेका छन् ।

सोमबार सभा सकिएलगत्तै प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशलगायतका नेता कार्यकर्ताले सहभागीले गरेको फोहोर सफा गरेका हुन् । 

नेता कायकर्ताले फोहोर भएको कार्यक्रमस्थल तथा सडकमा झाडु लगाउँदै सफाइ गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमविरुद्ध प्रचण्ड–नेपाल समूहले आज वृहद् प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस