काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोरोना भाइरस ९कोभिड १९० संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ३ हजार ५६७ जनाको नमुना परीक्षण गर्दा ६३ जना महिला र ७१ जना पुरुष गरी कुल १३४ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमित संख्या २ लाख ७२ हजार ३४९ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ६८ हजार ५४९ जना संक्रमणमुक्त भएका छन् भने कुल २०३५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर १ हजार ७५३ जना सक्रिया संक्रमित रहेका छन् । जसमध्ये ८४६ जना होम आइसोलेसनमा, ७२ जना आईसीयूमा र १६ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ माघ २०७७, १७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण