काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड नेपाल पक्षका नेता झलनाथ खनालले भँगेरा चराको कथा सुनाउँदै केपी ओलीलाई भने, ‘मिस्टर केपी ओली तपाइँको खुट्टी हेरेर पत्यायौँ ।’
बाँसको टुप्पोमा चढेको चरालाई फेदबाट मानिसले हल्लाइदिँदा चरालाई आफूले हल्लाएको अनुभव भएको बताउँदै खनालले भने, ‘चराको जस्तै केपी ओलीको पनि खुट्टी हेरेर पत्याइयो ।’ प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहले बुधवार काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता खनालले दुई वर्षपछि हुने चुनावमा ओलीको पार्टीले १६५ वटै क्षेत्रमा जमानत समेत गुमाउने दाबी गरेका हुन् ।
ओलीले चुनाव गराएर दुईतिहाइ ल्याउने कुरा भंगेराले बाँस नुघाएजस्तै हो,’ खनालले भने, ‘मिस्टर केपी ओली दुईतिहाइ होइन दुई वर्षपछिको चुनावमा तपाईंको जमानत जफत हुँदैछ, आज हामी यहीबाट घोषणा गर्छौं ।’ उनले प्रचण्ड नेपाललाई प्रधानमन्त्री बनाउन आफूहरूले आन्दोलन नगरेको उल्लेख गरे। लोकतन्त्र र स्थायित्वका लागि लडाइँ गरिरहेको खनालको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ माघ २०७७, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी हामीभित्रै छ : झलनाथ खनाल
‘राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’ : पूर्वप्रधानमन्त्री खनाल
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल