सनराइज बैंकको  प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त

सफल खबर संवाददाता

बुधबार, २८ माघ २०७७, १४ : ५४
सनराइज बैंकको  प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त

काठमाडौं । सनराइज बैंकले सुमन शर्मालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । उनले बुधबारबाटै (आज) कार्यभार सम्हालेका छन्। । शर्मा माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका थिए ।

उनले कार्यकाल बाँकी छँदै २०७६ फागुन २८ गते माछापुच्छ्रे छाडेका थिए । त्यसपछि उनी  खाली थिए ।  जनक शर्मा पौडेलले मंगलबार दिएको राजीनामा स्वीकृत भए लगत्तै शर्मा सिइओमा नियुक्त भएका हुन् । 

माछापुच्छ्रेमा सिइओ हुनुअघि शर्मा ग्लोबल आइएमइ बैंकमा  थिए भने त्यसअघि माछापुच्छ्रे बैंककै नायव प्रमुख कार्यकारी अधिकृत थिए ।

प्रतिक्रिया दिनुहोस