काठमाडौँमा यस्तो देखियो प्रचण्ड–माधव समूहको जुलुस (फोटोफिचर)

सफल खबर संवाददाता

बुधबार, २८ माघ २०७७, १२ : ५८
काठमाडौँमा यस्तो देखियो प्रचण्ड–माधव समूहको जुलुस (फोटोफिचर)

काठमाडौँ । संसद विघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले आयोजना गरेको विरोध सभाका लागि राजधानीका विभिन्न स्थानबाट जुलुस निस्किएका छन् । राजधानीका ५ स्थानबाट शुरू भएका जुलुसहरू सभास्थल भृकुटीमण्डपतर्फ अघि बढेका हुन् ।

पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट निस्केको जुलुस प्रदर्शनीमाग भृकुटीमण्डमा पुगेर विरोधसभामा परिणत हुने छ । सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने छन् । 

केन्द्रीय सदस्य अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झाँक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा, देव गरुङ, रघुजी पन्तले पनि सभालाई सम्बोधन गर्ने छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित भएको नेकपाको प्रचण्ड–नेपाल समूहले आन्दोलनका कार्यक्रम अन्तर्गत आज काठमाडौँमा शक्ति प्रदर्शन गरेको हो ।

प्रतिक्रिया दिनुहोस