काठमाडौँ । पछिल्लो २४ घण्टामा १६० जना कोरोना संक्रमित थपिएसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७२ हजार २ सय १५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ४७ पुगेको छ ।
मंगलबार १६५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ४ सय ३१ पुगेको छ । हाल देशभर १ हजार ७ सय ३७ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ माघ २०७७, १६ : १९
लेखकबाट थप