हितेन्द्रदेव शाक्य भए विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त

सफल खबर संवाददाता

मंगलबार, २७ माघ २०७७, ११ : ०३
हितेन्द्रदेव शाक्य भए विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त

काठमाडौं । हितेन्द्रदेव शाक्यलाई सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकले प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको एक मन्त्रीले  बताए।

यसअघि प्राधिकारणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ थिए।

उनको कार्यकाल सकिएपछि शाक्यलाई निमित्त कार्यकारी निर्देशक तोकिएको थियो।