प्रियंकाभन्दा दीपिका लोकप्रिय

बुधबार, ०७ चैत्र २०७४, १२ : ५८
प्रियंकाभन्दा दीपिका लोकप्रिय

बलिउड अभिनेत्रीबीच अनेक विषयको तुुलना भइरहन्छ । कहिले कसको फिल्म बढी सफल या असफल त, कहिले को कति सुन्दर भन्नेसमेत चर्चा हुन्छ ।

यतिवेला अभिनेत्री दीपिका पादुकोणले फेरि पपुलारिटीको सवालमा इन्टरनेसनल स्टार प्रियंका चोपडालाई पछाडि पारेकी छिन् । बलिउडमा पहिलोपटक घोषणा गरिएको ‘मोस्ट फलोइङ अकाउन्ट’ टाइटलको विजेता दीपिका बनेकी छिन् ।

इन्स्टाग्राममा दीपिकाको २२.४ मिलियन फलोअर्स छन् भने प्रियंकाको २२ मिलियन छन् । तेस्रो नम्बरमा भने आलिया भट्ट छिन् । मार्च २०१८ सम्ममा उनका २०.८ मिलियन फलोअर्स छन् ।

प्रतिक्रिया दिनुहोस