काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको कम्युनिस्ट आन्दोलन शिक्षकको बलमा नै स्थापित भएको बताउनुभएको छ ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय परिषद्को बैठकलाई सम्बोधन गर्दै उहाँले नेपालको राजनीतिक परिवर्तनमा शिक्षकले खेलेको भूमिका अहम रहेको बताउनुभयो । जीवनका तमाम क्रियाकलापमा शिक्षकको भूमिका नै प्रमुख रहेको उल्लेख गर्दै उहाँले मजदुर, किसान, श्रमजीवी वर्गले शिक्षकलाई भरोसा गर्ने भएकाले सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको स्पष्ट पार्नुभयो ।
अध्यक्ष दाहालले राजनीतिक र सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको शिक्षक समुदायलाई राज्यको तर्फबाट विशेष सुविधा दिलाउन नसकेकामा आत्मआलोचना गर्दै आगामी दिनमा विगतका कमजोरी सुधारेर जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । विदेशमा राज्यका महत्वपूर्ण निकायमा नियुक्त गर्दा वा विशेष भूमिका दिँदा शिक्षकलाई नै दिने गरिएको सन्दर्भ जोड्दै उहाँले नेपालमा भने अवस्था त्यस्तो नरहेको र दोस्रो दर्जाको नागरिकका रुपमा शिक्षकलाई हेर्ने गरिएको बताउनुभयो ।
अध्यक्ष दाहालले मुलुकलाई सङ्घीय गणतन्त्रसम्म ल्याई पु¥याउन शिक्षकले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै वैज्ञानिक शिक्षा नीति तयार गर्ने र शिक्षा क्षेत्रसँग जोडिएका विविध नीति तथा नियम बनाउने सवालमा आफूहरु क्रियाशिल भए पनि सरकारको मूल नेतृत्वले चासो नदिँदा समस्या समाधान हुन नसकेको गुनासो गर्नुभयो । आफूहरु पद, विचार, सिद्धान्त, प्रणाली र विचारका लागि संघर्षरत रहेको उल्लेख गर्दै उहाँले पार्टी भित्रको विवाद अहिले केन्द्रमा रहेको बताउनुभयो ।
अध्यक्ष दाहालले नेपाली जनताले विजय हासिल गर्नेतर्फ क्रमशः वातावरण बन्दै गएको उल्लेख गर्नुभयो । कार्यक्रममा सो समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रिक आन्दोलनले सामन्तवादलाई परास्त गरे पनि कसै कसैमा पुरानै शैलीमा हिँड्ने बानी कायमै रहेको बताउनुभयो । उहाँले आफूहरुको सङ्घर्ष व्यक्ति भन्दा पनि विचार र सिद्धान्तको लडाइँका रुपमा बुझनुपर्नेमा जोड दिँदै पछिल्ला दिनमा आफूहरुले अगाडि बढाएको सङ्घर्ष संविधानको रक्षाका लागि केन्द्रित भएको जानकारी दिनुभयो ।
अध्यक्ष नेपालले हालसम्म जनताले लडेर ल्याएको उपलब्धि संस्थागत गर्नु नै प्रमुख ध्येय रहेको बताउनुभयो । उहाँले अहिलेका लडाइँ संविधानलाई सम्मान गर्ने र नगर्नेबीच भएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २६ माघ २०७७, २० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता