काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ४५ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ३० जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १ सय ९४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार २ सय ६६ पुगेको छ।
हाल देशभर १ हजार ७ सय ४४ जना सक्रिय संक्रमित रहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ माघ २०७७, १७ : ०७
लेखकबाट थप