काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको नयाँ नयाँ अवतार देखिए मुलुक सिद्धिने बताएका छन् । आफूनिकट शिक्षकहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेपालले अहिलेको लडाइँ नै ओली प्रवृत्तिविरुद्ध भएको बताए ।
‘यो लडाइँ केपी ओलीसँग होइन, ओली प्रवृत्तिविरुद्ध हो । तर, हामीसँग पनि केपी प्रवृत्ति नै रह्यो भने हामी र केपी ओलीबीच कुनै फरक हुनेछैन । त्यही तौरतरिका अपनाऔं भने हामी पनि केपी ओलीको अर्को अवतार हुन पुग्नेछौं’, नेपालले भने ।
कसैलाई पनि कित्ताकाट गर्ने र जबर्जस्त अर्को समूहतिर धकेल्ने काम गर्नुलाई अध्यक्ष नेपालले ओली प्रवृत्ति भनेका थिए । ‘केपी ओलीको नयाँनयाँ अवतार चाहिएको छैन । एउटै केपी ओलीबाट आजित भइसक्यौं केपी ओलीको नयानयाँ अवतार आयो भने यो देश थिलथिलो भएर सिद्धिन्छ’, उनले भने ।
ओली प्रवृत्तिको पुनरावृत्ति गर्न नभएर देश र लोकतन्त्रले जित्नुपर्ने अध्यक्ष नेपालले बताए । ओलीमा पञ्च रवैया कायमै रहेको पनि उनले बताए । नेपालले ओलीलाई ‘नेकपा ओली बा’ पार्टी खोल्न पनि सुझाव दिए । ‘ओली बा समूह खोले हुन्छ । बा मन पराउनेहरु त्यही जान्छन्’, अध्यक्ष नेपालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ माघ २०७७, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पूर्वराजालाई नेपालको सुझावः शासनमा फर्कन चुनावबाहेक अर्को बाटो छैन
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रूपान्तरणका लागि हुनुपर्छ : माधव नेपाल