बर्डफ्लु परीक्षण गर्न प्रयोगशालाको अभाव

पत्रपत्रिकाबाट

आइतबार, २५ माघ २०७७, ०८ : १०
बर्डफ्लु परीक्षण गर्न प्रयोगशालाको अभाव

सांकेतिक तस्वीर

काठमाडौं । पशु सेवा विभागलाई बर्डफ्लु तथा पशुपन्छी रोगजन्यको परीक्षण गर्न प्रयोगशालाको अभाव भएको छ ।

कोभिड–१९  (कोरोना)का  कारण  पशु  सेवा  विभागअन्तर्गत  रहेको  प्रयोगशाल स्वास्थ्य  सेवा  विभागले  प्रयोगमा  ल्याएपछि  अहिले  पशुपन्छी  रोग परीक्षणका  लागि  प्रयोगशालाको  अभाग  भएको  हो ।  

पशु  सेवा विभागअन्तर्गत  सातवटा  प्रयोगशाला  रहेका  छन्  त्यसमध्ये  स्वास्थ्य सेवा विभागले पाँचवटा प्रयोगशाला प्रयोगमा ल्याइरहेको छ । पशु  सेवा  विभागका  प्रवक्ता  डा.  चन्द्र  ढकालले  स्वास्थ्य सेवा  विभागले  सुरुमा  सातवटै  प्रयोगशाला  माग  गरेको  तर इमर्जेन्सीका  लागि  त्रिपुरेश्वरस्थित  केन्द्रीय  पशुपन्छी  रोग  अन्वेषण प्रयोगशाला  बाँकी  राखेर  सबै  दिएको  बताए ।  

त्यसमध्ये अहिले  जनकपुरको  प्रयोगशाला  फिर्ता  दिइएको  अरू  पनि  फिर्ता गर्नुपर्ने आफूहरूले माग गर्र्दै आएको बताए ।  देशमा बर्डफ्लु देखिएपछि  विभिन्न  ठाउँबाट  परीक्षणका  लागि  नमुना  आउने  क्रम बढेकाले  प्रयोगशालाको  अभाव  खड्किएको उनले बताए । गोरखापत्रमा खबर छ।

प्रतिक्रिया दिनुहोस