काठमाडौं । नेपाल कम्युनिष्ट पार्ट नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले जेजे गर्छन्, त्यो मानेर तामासा हेरेर नबस्ने बताएका छन् ।
अहिलेको विवाद नेपाल कम्युनिस्ट पार्टी नेकपाको आन्तरिक विवाद मात्र नभएको उनले बताए । शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालले भने, यो देशको मामिला भयो, लोकतन्त्र र संविधानको मामिला भयो ।’
त्यसको विरोधमा आफूहरु सडक संघर्षमा रहेका बेला ओलीले राज्य संयन्त्रहरु कब्जा गर्ने गरी संवैधानिक निकायहरुमा असंवैधानिक रुपमा नियुक्ति गरेकाले आमहड्तालमा उत्रिनु परेको उनले बताए । बन्दका कारण दैनिक ज्याला मजदुरी गर्ने, बिरामी लगायतलाई बढी असर गरेको भन्दै उनले माफी मागे ।
उनले अघि भने, ‘यसले सन्देश गएको छ, केपी ओलीले जेजे गर्छन्, खुरुखुरु मानेर तमासा हेर्ने बाला छैनौं ।’ रिङरोडमा नेपाली सेनाको बख्तरबन्द गाडी गुडाउँदैमा कोही नतर्सने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ माघ २०७७, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्व राष्ट्रपति भण्डारीसँग माधव नेपालको भेट
पार्टीविरुद्ध गलत प्रचार भए प्रतिवाद गर्नुपर्छ : अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा