संवैधानिक नियुक्ति असंवैधानिक रहेको भन्दै रिट बोकेर सभामुख सापकोटा आफैं पुगे सर्वोच्च

सफल खबर संवाददाता

शुक्रबार, २३ माघ २०७७, ११ : ३१
संवैधानिक नियुक्ति असंवैधानिक रहेको भन्दै रिट बोकेर सभामुख सापकोटा आफैं पुगे सर्वोच्च

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा गरिएको संवैधानिक आयोगहरूको नियुक्ति र शपथ ग्रहण गैरसंवैधानिक रहेको जिकिरसहित सभामुख अग्नि सापकोटा आफैं‌ सर्वोच्च अदालत पुगेका छन् ।

सभामुख स्यवं आफैं रिट लिएर सर्वोच्च पुगेका हुन् । उनले संवैधानिक नियुक्ती बदर माग गर्दै सर्वोच्च पुगेका हुन् । सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले रिट लिएर सभामुख आफैं सर्वोच्च पुगेको जानकारी दिए ।

सभामुखको रिटमा संवैधानिक परिषदले विभिन्न ११ निकायमा नियुक्तिका लागि गरेको सिफारिस, नियुक्ती र उनीहरुका काम कारवाही बदरको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस