काठमाडौं । सन् २०२० मा जापानमा अपराधका घटनामा लगातार छैटौं वर्षसम्म गिरावट देखिएको प्रहरीद्वारा गरिएको एक अध्ययनले देखाएको छ ।
कोभिड–१९ को महामारीको क्रममा धेरै मानिसहरू घरमा बसिरहेका सन्दर्भमा विशेष गरी सडक अपराधमा उल्लेख्य न्यूनता आएको राष्ट्रिय प्रहरी मुख्यालय (एनपीए) ले बिहीबार सार्वजनिक एक रिपोर्ट मा उल्लेख छ ।
एनपीएको पछिल्लो तथ्याङ्कले घरेलु हिंसा र साइबर अपराधसँग सम्बन्धित परामर्श संख्याको विवरण अध्ययनको अवधिमा उच्च रहेको देखाएको छ ।
जापानमा सन् २०२० मा सम्पूर्ण खालका अपराधको सङ्ख्यामा सन् २०१९ को तुलनामा १७ प्रतिशतको गिरावट देखिएको एनपीएको तथ्याङ्कमा उल्लेख छ । सन् २०१९ मा जापानमा कूल छ लाख १४ हजार ३०३ घटना दर्ता भएका जापानी प्रहरीले बताएको छ ।
तथ्याङ्क अनुसार जापानमा सन् २००२ मा अपराधका घटनामा दोस्रो विश्वयुद्धपछि उच्च सङ्ख्या अर्थात् २८ लाख ५३ हजार ७३९ घटना रेकर्ड भएका थिए । जापानमा महामारीका कारण सामाजिक गतिविधिमा आएको कमी पनि अपराधका सङ्ख्या कम हुनुको प्रमुख कारण हुनसक्ने पनि बताइएको छ ।
अपराध कमी हुनुमा महामारीका समय घर र निश्चित समाजमा सीमित बनेका मानिसहरूबीच भएका कतिपय घटनाहरू लुकेको हुनसक्ने र ती घटना महामारीका समय पीडितहरूसँग परामर्श गर्नका लागि भएका कठिनाईका कारण लुकेको हुनसक्ने सरकारी तथ्याङ्कमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २२ माघ २०७७, २० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेल जापानमा
जापानमा मध्यावधि चुनाव, प्रधानमन्त्री ताकाइचीले गरिन् संसद् विघटन