धर्मेन्द्र बास्तोला रिहा भएलगत्तै पक्राउ

सफल खबर संवाददाता

विहीबार, २२ माघ २०७७, १८ : २१
धर्मेन्द्र बास्तोला रिहा भएलगत्तै पक्राउ

काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ रिहा भएलगत्तै पक्राउ परेका छन् । सर्वोच्चले बिहीबार बन्दी प्रत्यक्षीकरणको आदेशमार्फत बाँस्तोलालाई रिहा गर्न आदेश दिएको हो । 

अदालतबाट बन्दीप्रत्यक्षीकरण आदेश जारी भएर रिहा भएलगत्तै बाँस्तोलालाई फेरि प्रहरीले पक्राउ गरेको छ । नेता बास्तोलालाई अहिले महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ । न्यायाधीशद्वय दीपकुमार कार्की र सुष्मलता माथेमाको संयुक्त इजलासले नेता बाँस्तोलालाई फरक विचार र आस्था राखेकै आधारमा पक्राउ गर्न नपाईने भन्दै बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।

बाँस्तोलालाई पुस २९ गते ललितपुरको गिम्दीबाट प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि प्रहरीले विष्फोटक पदार्थ ‘बम’ विष्फोट गराई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगमा ललितपुर जिल्ला अदालतमा मुद्दा चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस