नेकपा विवादबारे बिहीबारको मुद्दा स्थगित

सफल खबर संवाददाता

विहीबार, २२ माघ २०७७, १४ : ५२
नेकपा विवादबारे बिहीबारको मुद्दा स्थगित

काठमाडौं । सर्वोच्च अदालतमा नेकपा विवादबारेको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाई स्थगित भएको छ । ऋषि कट्टेल अध्यक्ष रहेको नेकपाका तर्फबाट निर्वाचन आयोग लगायतलाई विपक्षी बनाएर दायर गरिएको मुद्दामा बिहीबार सुनुवाई हुने कार्यसूची थियो ।

तर विपक्षीतर्फका कानुन व्यवसायीले आमहड्ताल लगायतका कारण देखाएर सुनुवाई स्थगित गर्न माग गरेपछि बिहीबार यो मुद्दाको सुनुवाई प्रक्रिया स्थगित भएको हो ।

तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रबीच एकीकरण भएपछि गठन भएको पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राखिएकोमा आपत्ति जनाउँदै कट्टेलले उक्त नामको पार्टी निर्वाचन आयोगमा आफ्नो नाममा दर्ता रहेको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस