अभिषेक श्रेष्ठको 'तिम्रो मुहार' बोलको गीत सार्वजनिक

मंगलबार, ०६ चैत्र २०७४, १९ : ३०


काठमाडौं । गायक तथा संगीतकार अभिषेक श्रेष्ठले आफ्नो नयाँ गीतको ‘फोटो भिडियो’ सार्वजनिक गरेका छन् । ‘तिम्रो मुहार’ बोलको गीतलाई गायक श्रेष्ठले फोटो भिडियोका रुपमा ल्याएका हुन् । जसलाई उनले अफिसियल भिडियो भनेका छन् ।

देबेन्द्र पौडेलको शब्दरचना रहेको यस गीतको भिडियोलाई चर्चित -यापर निर्णय श्रेष्ठ ‘एनएसके’ले एक कार्यक्रमबीच सार्वजनिक गरेका हुन् । भिडियोमा गायकसँगै मोडल मोनिका क्षेत्रीको आर्कषक तस्बिरहरु देख्न सकिन्छ । यी तस्बिरहरु बागबजार प्लाजास्थित ‘तस्बिर द स्टुडियो’का फोटोग्राफर शिवलाल श्रेष्ठले खिचेका हुन् ।
‘तिम्रो मुहार’ गीतको एरेञ्ज सञ्जिव बराइलीले गरेका हुन् भने सम्पादन निकेश गर्तौलाले गरेका हुन् ।  

प्रतिक्रिया दिनुहोस