बिहीबार हुने नेपाल बन्दको आन्दोलनलाई सशक्त बनाउने प्रचण्ड–नेपाल पक्षको योजना

सफल खबर संवाददाता

बुधबार, २१ माघ २०७७, १९ : ४७
बिहीबार हुने नेपाल बन्दको आन्दोलनलाई सशक्त बनाउने प्रचण्ड–नेपाल पक्षको योजना

काठमाडौँ । प्रचण्ड–नेपाल पक्ष बिहीबारको आन्दोलनलाई सशक्त बनाउने योजनामा जुटेको छ । विशेषगरी काठमाडौं उपत्यकामा बन्दलाई प्रभावकारी बनाउने रणनीतिमा सो पक्ष देखिएको छ । 

प्रचण्ड नेपाल पक्षले बिहान ५ बजे नै नेता कार्यकर्तालाई भेला हुनका लागि १० ठाउँ सार्वजनिक गरेको छ । 

प्रचण्ड नेपाल पक्षका नेता हिमाल शर्माले गोंगबुचोक, बालाजु चोक, नारायण गोपाल चोक, चाबहिल चोक, भोटाहिटी चोक, बल्खु चोक, फर्पिङ चोक र नागाढुंगा नाकामा ५ बजे नै भेला हुनका लागि ठाउँ तोकिएको जानकारी दिए । 

सो समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन र संवैधानिक आयोगमा नियुक्ति गर्ने कदमको विरोध गर्दै नेपाल बन्दको आह्वान गरेको हो ।

प्रतिक्रिया दिनुहोस