यस्तो छ प्रचण्ड–नेपाल पक्षले निर्वाचन आयोगलाई लेखेको निवेदन (निवेदन सहित)

सफल खबर संवाददाता

बुधबार, २१ माघ २०७७, ०७ : ५२
यस्तो छ प्रचण्ड–नेपाल पक्षले निर्वाचन आयोगलाई लेखेको निवेदन (निवेदन सहित)

काठमाडौं । नेकपाको प्रचण्ड नेपाल पक्षले पार्टी कसरी चल्नुपर्छ भनेर आदेश दिने अधिकार निर्वाचन आयोगलाई नभएको भन्दै १९ पृष्ठको निवेदन मंगलबार बुझाएका छन् ।

पार्टीको आधिकारिकता आफ्नो पक्षमा रहेको र आयोगले आधिकारिकता केन्द्रीय समितिको बहुमतलाई हेरेर दिनुपर्नेमा त्यसो नगरेकोमा आपत्ति जनाउँदै निर्वाचन आयोगमा आधिकारिकता दाबी समेत गरिएको छ । केपी ओलीलाई पार्टीबाट हटाइएको यसअघिको निर्णयलाई नै आयोगले दर्ता किताबमा अद्यावधिक गर्नुपर्ने माग समेत प्रचण्ड नेपाल पक्षले गरेको छ ।

निर्वाचन आयोगले दुवै पक्षलाई आधिकारिकता दिन आनाकानी गरेपछि राजनीतिक दल ऐनको दफा ४३ र ४४ अनुसार नेकपाको आधिकारिकता प्रचण्ड नेपाल पक्षले माग गरेका छन् ।

अध्यक्षद्धय प्रचण्ड, माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल सहितका नेताहरु निर्वाचन आयोगमा पुगेर मंगलबार दर्ता गरेको निवेदनको शीर्षकमा ‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ तथा ४४ अन्तरगत विवादको निरुपण गरीपाउँ’ भनिए पनि आयोगले आफ्नो पहिलेको गल्ती सच्याउँदै पुरानो विवरण अद्यावधिक गर्नुपर्ने प्रचण्ड–माधव समूहको माग छ ।

हेर्नुहोस निवेदनको पूर्ण विवरण :

Election Commission Letter 2077-10-20 (1)(1) (1).pdf

प्रतिक्रिया दिनुहोस