यी हुन् ओलीमाथि प्रचण्ड–नेपाल समूहले कारबाहीको डण्डा चलाउनुका ८ कारण

पत्रपत्रिकाबाट

बुधबार, २१ माघ २०७७, ०७ : ३१
यी हुन् ओलीमाथि प्रचण्ड–नेपाल समूहले कारबाहीको डण्डा चलाउनुका ८ कारण

प्रचण्ड नेपाल नेतृत्वको नेकपाको अध्यक्षबाट केपी ओलीलाई कारबाही गर्नुको आठवटा कारण निर्वाचन आयोगलाई बुझाइएको छ ।

दलको आधिकारिकता दावी गर्दै सो समूहले बुझाएको निवेदनमा संविधानमा नभएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गर्नुलाई प्रमुख कारण देखाइएको छ । 

यसैगरी पार्टी कमिटीहरुलाई बेवास्ता गरी सरकारलाई बालुवाटारमा  सीमित गरेको, बजेट तर्जुमा गर्दा पार्टीलाई बेवास्ता गरेको, पार्टी बैठक बोलाउन इन्कार गरेको, बैठकमा उपस्थित नभएको र उपस्थित भएपनि बैठकलाई असहयोग गरेकाले ओलीलाई हटाउनुपरेको तर्क निवेदनमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस