चलचित्र ‘लम्फू’को दोश्रो गीत ‘दोधारमा परे म’को सार्वजनिक (भिडियोसहित)

मंगलबार, ०६ चैत्र २०७४, १६ : ५२

काठमाडौं । तरकारीवाली कुसुम श्रेष्ठ अभिनित चलचित्र ‘लम्फू’को दोश्रो गीत ‘दोधारमा परे म’को रिलिज भएको छ । दुर्गा खरेलको स्वर, अर्जुन पोखरेलको संगीत तथा नरेश भट्टराईको शब्द रहेको यो गीतमा भने कुसुम श्रेष्ठ देखिएकी छैनन् ।
नयाँ बर्षको २८ गते रिलिज हुने चलचित्र ‘लम्फू’को यो गीतमा नायिका मरिश्का पोखरेल देखिएकी छन् । उनलाई नव अभिनेता नवनायक कबिर खड्काले साथ दिएका छन् ।
शिव विकको नृत्य रहेको गीतले एक युवतीले आफ्नो बैवाहिक जीवनलाई कस्तो बनाउने र कोसँग बिवाह गर्ने भन्ने बारेमा साथीहरुसँगको मनोभाव व्यक्त गरेको देखाइएको छ ।

गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’मा कुसुमका अलवा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई(बालकलाकार), आयन खड्का, ओ म गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ ।
एक युवाको जीवनमा आईपर्ने विभिन्न उतारचढावको कथामा बनेको यो चलचित्र पपुलर मल्टिमीडियाको लागि शक्तिबल्लभ घोरासैनीले निर्माण गरेका हुन् ।
 

प्रतिक्रिया दिनुहोस