काठमाडौं । सिरिजङ्घा गाउँपालिका–१ सिनाममा आगलागीबाट चार जननका घर जलेर नष्ट भएका छन् । आज दिउँसो भएको आगलागीबाट सिनामको पञ्चमी बजार नजिकैका दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीका घर जलेर नष्ट भएका हुन् ।
आगलागी भएको र पूर्णरुपमा जलेर नष्ट भएको स्थानीयवासी भीम थेबेले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा आएको छ ।
घरमा रहेको पाँच वर्षीय बालकले आगो सल्काउने लाइटर खेलाउने क्रममा आगलागी भएको भनिए छ । आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ । पीडित परिवार आगलागी भएको क्षेत्रमा पाल टाँगेर बसेका छन् । आगलागीबाट भएको क्षतिको एकिन विवरण भने आइनसकेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २० माघ २०७७, १९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सलमान खानको घर बाहिर गोलाबारी मामिलामा अर्का व्यक्ति पक्राउ
जनता आवास कार्यक्रममार्फत भोजपुरका विपन्न परिवारलाई घर
रुकुमपश्चिममा १६ हजार पाँच ७० घर पूर्णरुपमा क्षतिग्रस्त
रातोमाटो र कमेरोले पोतिन छोडे बाग्लुङका गाउँका घर
वीरगन्जमा अब ‘मेट्रिक’ प्रणालीका आधारमा घर पहिचान हुने
रौतहटको राजदेवीमा घरको भित्ता फोरेर चोरी