वनबाट आन्तरिक आम्दानी वृद्धि गर्नुपर्छ : मन्त्री नेपाल

मंगलबार, ०६ चैत्र २०७४, १६ : ५२
वनबाट आन्तरिक आम्दानी वृद्धि गर्नुपर्छ : मन्त्री नेपाल

चितवन : प्रदेश नम्म ३ का उद्योग पर्यटन तथा वनमन्त्री अरुण नेपालले वनलाई जनताको दैनिकिसंग जोडेर लैजान’पर्ने बताउनु भएको छ । नेपाल वन पैदावर उद्योग व्यावसायी महासंघको प्रथम साधारण सभामा बोल्दै मन्त्री नेपालले वनलाई उद्योगको रुपमा स्थापित गर्न आवश्यक रहेको औंलाउनुभयो । सम्पन्नशाली देश हुनका लागी जनता पनि सम्पन्न हुनुपर्ने उल्लेख गर्दै मन्त्री नेपालले यसको लागी वनलाई उद्योगको रुपमा स्थापित गर्नेपर्ने उल्लेख गर्नुभयो । 
बंगलादेशले कुल क्षेत्रफलको ९ प्रतिशत मात्रै वन रहेको भएपनि अन्य देशलाई काठ निर्यात गरेको वताउदै मन्त्री नेपालले हाम्रो देशामा भएको ४४ प्रतिशत वनलाई उपयोग गर्न सके काठमा निर्भर हुन सक्ने बताउनुभयो । विगतको राजनैतिक समस्या हल भएपनि वर्तमान अशिक्षा, गरीवि, वेरोजगारको समस्या यथावत रहेकाले यसका समधानको लागी आधारहरु खोजी भईरहेको जानकारी दिनुभयो ।


त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश नम्म ३ का उद्योग पर्यटन तथा वन मन्त्रालयका सचिव शिव वाग्लले वन ऐन २०४९ अनुसार चलिरहेको बताउदै अव संशोधन भएपछि मात्र वनसम्वन्धी झन्झटीला प्रक्रियालाई सहज वनाउन सकिने उहाँको धारणा थियो । वन ऐन अनुसार आफ्नै वारीमा रहेको रुख काट्न पनि झंझटीलो प्रक्रिया रहेको स्वईकार्दै उहाँले सालको काठको मात्रै मुख ताक्न भन्दापनि यसको विकल्पमा जानुपर्ने विचार व्यक्त गर्नुभयो ।


नेपाल वन पैदावर उद्योग व्यावसायी महासंघको केन्द्रिय पुर्व अध्यक्ष कपिल अधिकारीले नेपालमा दिगो उद्योगको रुपमा काठ उद्योगलाई लैजान सकिने भन्दै यसको वैज्ञानिक व्यावस्थापन गर्न सुझाव दिनुभयो । मंगलवारको अधिवेशनले प्रदेश नम्मर ३ को लागि नयाँ नेतृत्व चयन गर्दैछ ।
 

प्रतिक्रिया दिनुहोस