बिहीबारदेखि ३ दिन वर्षा र हिमपात हुने

सफल खबर संवाददाता

मंगलबार, २० माघ २०७७, १२ : ३५
बिहीबारदेखि ३ दिन वर्षा र हिमपात हुने

 काठमाडौं ।  मौसम बदली भई  बिहीबारदेखि पानी पर्ने र हिमपात हुने मौसमविदले पूर्वानुमान गरेका छन् ।

पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि शनिबारसम्म मौसममा परिवर्तन हुने भएको हो । अब यो मौसमी प्रणाली बाहिरिएपछि गर्मी सुरु हुने मौसमविदको भनाइ छ ।

मौसमविद शान्ति कँडेलले  अहिलेसम्मको परिस्थिति हेर्दा बिहीबारदेखि शनिबारसम्म मौसममा बदली हुने, वर्षा र हिमपात हुने सम्भावना भएको बताईन् ।  यो सिस्टम गइसकेपछि तापक्रम वृद्धि हुँदै जानेछ ।’

मौसममा बदली नेपालको पश्चिमी भागबाट सुरु हुने मौसमविद कँडेल बताउँछिन् । यो मौसमी प्रणाली रहुन्जेल अधिकतम तापक्रम घट्छ । तराईको हुस्सु कुहिरो पनि हट्छ । ‘त्यसले गर्दा तराईमा बिहानीपख हुस्सु कुहिरो नलाग्दा केही राहत महसुस हुन्छ । तर पहाडी क्षेत्रहरुमा बदली भएर घाम नलाग्दा चिसो महसुस हुन्छ । तापक्रमको आधारमा न्यूनतम तापक्रम घट्ने खासै हुँदैन,’ मौसमविद कँडेलले भनिन् ।

घाम नलाग्दा दिउँसोमा अधिकतम तापक्रम घटे पनि बिहानमा कठ्यांग्रिने जस्तो जाडो अब नहुने मौसमविदको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस