काठमाडौँ । यहाँ आजदेखि कैदीबन्दी र थुनुवालाई पनि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ । पहिलो दिन कारागार कार्यालयका ५० कैदीबन्दी तथा थुनुवालाई खोप लगाइएको जेलर अनिल तिवारीले जानकारी दिनुभयो ।
कारागारमा हाल ७१ कैदीबन्दी र थुनुवा रहेका छन् । सोमा ३९ कैदीबन्दी र ३२ थुनुवा छन् । सरकारले कैदीबन्दीलाई पनि पहिलो चरणमै खोप लगाउनका लागि प्राथमिकतामा राखेकाले खोप लगाउन शुरु गरिएको हो ।
कैदीबन्दी तथा थुनुवालाई कारागार कार्यालयभित्रै गएर खोप लगाइएको स्वास्थ्य कार्यालयका प्रमुख योगशप्रसाद भट्टले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १९ माघ २०७७, १९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित
८ लाखले लगाए हैजाविरुद्ध खोप
दुई दिनमा १ लाखले लगाए हैजाविरुद्धको खोप
बागलुङका ६ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप