ओलीले हिन्दुराष्ट्र घोषणा गर्न लागेको आरोप आएपछि गोकुल बाँस्कोटाको आयो यस्तो प्रतिक्रिया

सफल खबर संवाददाता

आइतबार, १८ माघ २०७७, २० : ४०
ओलीले हिन्दुराष्ट्र घोषणा गर्न लागेको आरोप आएपछि गोकुल बाँस्कोटाको आयो यस्तो प्रतिक्रिया

काठमाडौँ । प्रचण्ड–नेपाल समूहले केपी ओलीले हिन्दुराष्ट्र घोषणा गर्न लागेको आरोप लगाएपछि ओली समूहका नेता गोकुल बाँस्कोटाले प्रतिक्रिया दिएका छन् । 

उनले प्रचण्ड–नेपाल समूहले निरन्तर गणतन्त्रको प्रतिक राष्ट्रपतिमाथि हमला गरिरहेको भन्दै उनीहरुको नियतमाथि प्रश्न उठाएका छन् । 

प्रचण्ड–नेपाल समूहमा पूर्व ताकेर पश्चिम पड्काउने प्रवृत्ति रहेको भन्दै उनले तर त्यो तरिका पुरानो भएकाले सबैले बुझिसकेको बताएका छन् । ओली गणतन्त्रवादी भएकाले उनको नियममाथि कसैले शंका गर्न नहुने उनको आशय छ । 

‘उहाँहरुको आरोप छ–ओली हिन्दुतन्त्र  ल्याउन र गणतन्त्र मास्न चाहन्छन तर उहाँहरुको काम चै निरन्तर गणतन्त्रको प्रतिक राष्ट्रपतिमाथि हमला।अब आफै भन्नुस गणतन्त्र ध्वस्त पार्न को चाहन्छ ?’, बाँस्कोटाले प्रश्न गर्दै भनेका छन्, ‘पूर्व ताकेर पश्चिम पड्काउने पुरानो तरिका अब त सबैले बुझ्या छैनन र भन्या ?’

प्रतिक्रिया दिनुहोस