केपी ओली हिन्दु राष्ट्र बनाउने अभियानमा

सफल खबर संवाददाता

आइतबार, १८ माघ २०७७, १५ : १४
केपी ओली हिन्दु राष्ट्र बनाउने अभियानमा

file photo

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओली हिन्दु राज्य बनाउने प्रयासमा लागेको आरोप लगाएका छन् ।

आइतबार प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै उनले प्रधानमन्त्री ओली पक्षले पुस २३ गते काठमाडौँमा गर्ने भनेको जनसभामा राजावादीहरु पनि सहभागी हुने कुरा सुनेको भन्दै बताए । उनले प्रधानमन्त्री ओलीले २३ गतेको जनसभामा नै हिन्दु राज्य घोषणा गर्ने चर्चा रहेको समेत बताए । 

प्रधानमन्त्री ओली संविधान मार्ने कुचेष्टा गर्दै गलत बाटोमा लागेको उनको भनाइ छ । नेपाली जनताले प्रतिगामी कदम परास्त गर्ने उनको भनाइ छ। नेकपा प्रचण्ड–माधव पक्ष स्थायी कमिटी सदस्य पम्फा भुषालले प्रधानमन्त्री ओलीले संविधानलाई समाप्त गरी हिन्दु राज्य स्थापनाको षडयन्त्र गरेको बताइन् । प्रधानमन्त्री ओली प्रतिक्रियावादीको मतियार बनेर इतिहासको कुपात्र बनेको भन्दै उनले ओलीबाट थप कदम सम्भव नभएको बताइन् ।
 

प्रतिक्रिया दिनुहोस