विष्णु पौडेललाई बेलाबेला किन बोलाउँछिन राष्ट्रपति ?

सफल खबर संवाददाता

आइतबार, १८ माघ २०७७, ०८ : ४५
विष्णु पौडेललाई बेलाबेला किन बोलाउँछिन राष्ट्रपति ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको पदीय जिम्मेवारी सम्बैधानिक हो । उनी राजनीतिक दलवाट मुक्त भएर सबैको अभिभावकका रुपमा रहनुपर्ने हो । तर उनले राष्ट्रपति बनेदेखि नै नेकपाको आन्तरिक राजनीतिमा निक्कै चासो र हस्तक्षेपकारी नीति लिइरहेकी छिन् ।

नेकपा एक हँुदै गर्दा नेकपाका दुई अध्यक्षको शक्ति विन्यास उनकै रोहवरमा हुन खोज्थे, पार्टीका बैठक चलिरहँदा मन्त्रीहरुलाई शितल निवासमा बोलाएर डिनर वार्ता गराउने गर्थिन् । विवाद उत्कर्षमा रहँदा पनि उनले ओली र प्रचण्ड मिलाउन निक्कै मेहनत पनि गरिन् । त्यो सम्भव नदेखिएपछि उनले ओलीका लागि वातावरण बनाउन र पक्षमा नेता कार्यकर्ता जुटाइदिन राष्ट्रपतिले शितल निवासको संविधानको संरक्षकको चौघेरा नाघेर विभिन्न स्तरका नेता कार्यकर्ता सँग भेट समेत गरिन् ।

यस हिसावले उनी राष्ट्रपति भए पनि नेकपाकै सक्रिय नेताका रुपमा आफूलाई उनले प्रस्तुत गर्न खोजिन् । संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको छ या छैन ? त्यसको कुनै हेक्का नै नराखी उनले ओलीले सिफारिस गरेको प्रतिनिधिसभा विघटनको सिफारिसमा हस्ताक्षर गरिदिइन् ।

संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपति कार्यालय पुगेका नेकपाका स्थायी समिति सदस्यद्वय भीमबहादुर रावल र पम्फा भुषालको समावेदनपत्र सचिव मार्फत दिनभर दर्ता नै नगराई निवेदनसहित राष्ट्रपति कार्यलयका सचिवलाई लापत्ता बनाई सूचना बालुवाटार पुर्याउने काम समेत गरिन् ।

यसले राष्ट्रपतिको भूमिकामा अनेक प्रश्न उठन थालेको छ । अहिले नेकपा विभाजन हुँदा समेत उनी ओली समूहलाई कसरी सहयोग पुर्याउने भन्ने विषयमा दिनहुँ योजना बुन्नमै व्यस्त रहन थालेकी छन् । यही क्रममा उनले प्रधानमन्त्री ओली, अर्थमन्त्री समेत रहेका ओली पक्षका महासचिव विष्णु पौडेललगायतका नेताहरुसँग निरन्तर छलफल गरिरहेकी छिन् । राष्टपति भण्डारीले छलफलका क्रममा धेरै बोलाइरहने पात्रका रुपमा अर्थमन्त्री पौडेल पनि पर्छन् । उनीसँग राष्ट्रपतिले पार्टी कै विषयमा केन्द्रीत रहेर धेरै छलफल गर्ने गरेको स्रोतहरुले बताएका छन् ।

नेकपा विभाजनको मुखमा पुग्दै गर्दा गत भदौंमा उनले धेरै भेट गरेकी नेतामा पौडेल पनि पर्थे । त्यसयता पनि प्रधानमन्त्री ओलीको सत्ता संकट टार्न उनले पौडेललाई बारम्बार शितल निवासमा बोलाएर भेटवार्ता गरेकी थिइन् । यही क्रममा राष्ट्रपति भण्डारीले शुक्रबार दिउँसो अर्थमन्त्री पौडेललाई शितल निवासमा बोलाएर झण्डै दुई घण्टा लामो संवाद गरेकी थिइन् ।

त्यसक्रममा नेकपा विभाजनपछि देशभरको अवस्था, कुन पक्ष कहाँ कति बलियो, कहाँ कसलाई पार्टीमा भित्र्याउँदा पार्टी बलियो बनाउन सकिने सम्मका योजनाका विषयमा छलफल भएको स्रोतको जिकिर छ । राष्ट्रपतिले शुक्रबार दिउँसो १ वजेदेखि दिउँसो ३ बजेसम्म अर्थमन्त्री पौडेलसँग भेटवार्ता गरेकी थिइन् । आक्रामक रुपमा पार्टी विभाजनपछि संगठन निर्माण गर्ने र आफनो पक्षका नेता नरहेका कमिटीहरुमा नेता चयनको कामलाई तीव्रतामा लगेको ओली पक्षको देशब्यापी संगठनात्मक अवस्था र अबको रणनीतिका विषयमा केन्द्रीत रहेर राष्ट्रपति भण्डारी र अर्थमन्त्री पौडेलका बीचमा छलफल भएको स्रोतको दावी छ ।

राष्ट्रपति भण्डारी अहिले पनि नेकपा ओली पक्षलाई बलियो बनाउन उनी आफैँ पर्दाभित्रको अध्यक्षकै रुपमा भूमिका खेल्ने प्रयासमा जुटिरहेकी छिन् । त्यही क्रममा उनले ओलीसँग भेट गर्ने वातावरण बन्न नसक्दा अर्थमन्त्री समेत रहेका महासचिव विष्णु पौडेललाई बेला बेलामा बोलाएर छलफल गरेकी छिन् ।


 

प्रतिक्रिया दिनुहोस