ओलीले पशुपतिमा गरेको सहयोग विवादमा

पत्रपत्रिकाबाट

आइतबार, १८ माघ २०७७, ०७ : ५८
ओलीले पशुपतिमा गरेको सहयोग विवादमा

पशुपति क्षेत्र विकास कोषले प्राचीन स्मारक संरक्षण ऐन र शैव दर्शनविपरीत हुने गरी पशुपतिनाथको शिवलिंगमा सुनको जलहरी राख्ने भएको छ ।

प्राचीन स्मारक संरक्षण ऐनले सम्पदा स्थलमा कुनै पनि नयाँ संरचना राख्न निषेध गरेको छ । 

प्रधानमन्त्री केपी ओलीको निर्देशनपछि सुनको जलहर राख्ने प्रक्रिया अघि बढेको हो ।

गत सोमबार प्रधानमन्त्री  ओलीले पशुपतिमा दर्शन र शंकल्प पूजा गर्ने क्रममा काम अघि बढाउन निर्देशन दिँदै सरकारले तत्काल ३० करोड दिने घोषणा गरेका थिए । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस