बर्डफ्लु के हो ?

पत्रपत्रिकाबाट

आइतबार, १८ माघ २०७७, ०७ : ५१
बर्डफ्लु के हो ?

File-photo

बर्डफ्लु एभियन इन्फ्लुएन्जा भाइरसको छोटकरी रुप हो । अहिले देखिएको बर्डफ्लु भाइरस एच५एन८ हो । विगतमा नेपालमा हाइली प्याथोजोनिक एभियन इन्फ्लुएन्जा अर्थात् एच५एन१ भेटिएको थियो ।

बर्डफ्लु कुखुरा, हाँस, टर्की, जंगली चराचुरुङ्गीलगायत पन्छीमा लाग्ने सरुवा रोग हो । यो जतिबेला जहाँ पनि फैलिन सक्ने विज्ञ बताउँछन् । यो रोग मानिसमा पनि सर्न सक्छ । खोकीको संक्रमण जस्तै हो बर्डफ्लु ।

जसले कुखुरा तथा पन्छीहरूमा विभिन्न समस्या निम्त्याउँछ । बर्डफ्लुको भाइरस कुखुराको मासु, प्वाँख, सिंगान, र्‍याल, सुली, दाना, अण्डा, अण्डा राख्ने क्रेट, दाना राखेको बोरा आदिको सम्पर्कबाट सर्ने विज्ञ बताउँछन् । अत्यन्त द्रुत गतिमा फैलिने र ज्यान लिनसक्ने भएकाले बर्डफ्लुलाई प्राणघातक रोगका रुपमा लिइन्छ । कुखुराको मासु ७२ डिग्री सेन्टिग्रेटभन्दा माथिको तापक्रममा पकाए भाइरस नष्ट हुने चिकित्सक बताउँछन् । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस