चितवन । चितवनको आमसभामा प्रधानमन्त्री ओलीले तीन दिनअघि बोलेको कुरालाई सच्चाएका छन् । यसअघि प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोभिड १९ विरुद्धको खोप दिने घोषणा गरेका थिए । उनले घोषणा तीन दिन पनि टिकेन । चितवनको सभामा आएका ओलीले आफ्नो बोली सच्चाएर तीन महिनाभित्र फ्रन्टलाइनमा काम गर्ने सबैलाई कोभिड खोप दिने बताए ।
उनले आफ्नो बोली तीन दिनमै सच्चाउँदै भने, ‘हामी २०२१ भित्रमा सबै नेपालीलाई कोभिड १९ विरुद्धको खोप दिनेछौँ । उनले भनेका छन्, ‘२०२१ भित्र नेपालले कोभिड १९ लाई भगाउँछ, बाँकी विश्वले पनि भगाउँछ भन्ने विश्वास लिएका छौं ।’
भारतबाट १० लाख खोप अनुदानमा पाएपछि नेपालले १४ माघमा कोभिड १९ विरुद्ध खोप अभियान सुरु गरेको हो । प्रधानमन्त्री ओलीले भने, ‘विश्वले कोभिड १९ को खोप नपाइरहेको अवस्थामा नेपालले खोप ल्याएको छ, र फ्रन्टलाइनमा खटिनेहरुलाई लगाइरहेको छ ।
सरकारी अधिकारीहरुले नै खोप चरणवद्ध रुपमा प्राप्त हुने भएकाले नियमित अभियान चलाउँदा पनि जनसंख्याको ७२ प्रतिशत खोप दिन एक वर्षभन्दा बढी समय लाग्ने बताएका थिए । प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सबै नेपालीलाई खोप दिने भन्दा नेपालीले प्रत्यारिलो मानेका थिएनन् । भारतले अनुदानमा दिएको १० लाख बाहेक थप खोप आउने सुनिश्चितता अहिलेसम्म भइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ माघ २०७७, १७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री महानेटबीच भेटवार्ता
प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने
प्रधानमन्त्री ओली र भियतनामका समकक्षी चिङबीच भेटवार्ता
प्रधानमन्त्री ओलीले गरे चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति चिनफिङबीच भेटवार्ता