पण्डितको मन्त्रोच्चारणसहित ओलीले गरे चितवनमा सडक शिलान्यास

सफल खबर संवाददाता

शनिबार, १७ माघ २०७७, १४ : ४३
पण्डितको मन्त्रोच्चारणसहित ओलीले गरे चितवनमा सडक शिलान्यास

सांकेतिक तस्वीर

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरमा निर्माणाधीन गोन्द्राङ–पुल्चोक ६ लेन सडकको शिलान्यास गरेका छन् । ओलीले पण्डितको मन्त्रोच्चारणसँगै शिलान्यास गरेका हुन् । सो समारोहमा गृहमन्त्री रामबहादुर थापा बादलको पनि सहभागिता रहेको थियो ।

ओलीले आजै अन्तर्राष्ट्रिय स्तरको सिटीहल शिलान्यास पनि गर्ने कार्यक्रम रहेको छ । निर्माणको चरणमा रहेको सिटी हल ओलीले फेरि शिलान्यास गर्न लागेको भन्दै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसहित नेकपा जिल्ला पार्टी कमिटीले विरोध गरेको छ भने ओली चितवनमा पुग्दा प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले प्रदर्शनसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस