चितवन । प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि भरतपुरका मुख्य सडकहरूमा शाही कालकै झल्को दिनेगरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

भरतपुरको चौबिसकोठी, हाकिम चौक, केन्द्रिय बस टर्मिनल, बाइपास रोड, लगायतक स्थानमा जनपथ र शसस्त्र प्रहरीे ठुलो संख्या खटाइएको छ । प्रधानमन्त्री ओली आज दिउसो भरतपुरमा निर्माणाधिन गोन्द्राङ–पुल्चोक ६ लेन सडक र अन्तर्राष्ट्रिय स्तरको सिटीहल शिलान्यास गर्न आउने भएपछि स्थनिय प्रशासनले ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको हो ।
सुरक्षाकर्मीले शिलान्यास स्थल र सभा स्थल वरपरका पसल व्यवसायहरु बन्द गर्न दबाब दिएका छन् । ति स्थल वरपर छत माथि र वरण्डामा पनि ननिस्कन प्रहरीले दबाब दिएको स्थानियको भनाई छ । काम विशेषले हिडेका मानिसहरुलाई समेत चोकचोकमा प्रहरीले खानतलासी लिन थालेका छन् । सुरक्षा जाँचको नाममा सर्वसाधारणलाई प्रहरीले आतंकित बनाउन थालेको गैंडाकोटबाट भरतपुर आएकी विन्दु वाग्लेले गुनासो गरिन् ।
‘लोकतन्त्र, गणतन्त्र आएपनि हामी जनताले पाउने सास्ती नै हो, यस्ता नेता कार्यकर्ताहरुलाई सबै मिलेर बहिष्कार गर्नुपर्छ’ हाकिम चौक निवासी रमेश गुरागाई भन्छन्–‘काम चलाउ भईसकेको प्रधानमन्त्रीको सुरक्षाको नाममा हामी जनताले यस्तो सास्ती भोग्ने ।’
सुरक्षा चुनौतीलाई मध्यनजगर गर्दै भरतपुर आसपासका केही सरकारी कार्यालयमा नेपाली सेना समेत परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ माघ २०७७, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली