चितवन । स्थानिय तहसँग समन्वय नै नगरि विभिन्न योजनाहरुको शिलान्यास गर्न भरतपुर आउदैं गरेका प्रधामन्त्री केपी शर्मा ओलीको विरोधमा नेकपा निकट युवा विद्यार्थीहरुले नगर भित्र विभिन्न स्थानमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।
प्रचण्ड माधव निकट अनेरास्ववियूका विद्यार्थीहरुले भरतपुरको लायन्स चौक, पुल्चोक, चितवन मेडिकल कलेज लगायतका स्थानमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । सो क्रममा विद्यार्थीहरुले प्रतिनिधिसभा विघटन विरुद्ध नारा लेखिएका पर्चापम्पलेट समेत वितरण गरेका छन् । यता प्रधानमन्त्री ओली आउने भएपछि स्थानिय प्रशासनले भरतपुरको विभिन्न चौकमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । नगरको सुरक्षा व्यवस्था निकै कडा बनाईएको छ ।
आज दिउँसो प्रधानमन्त्री ओली भरतपुरमा निर्माण हुन थालेको गोन्द्राङ–पुल्चोक ६ लेनको सडक र सिटी हलको शिलान्यास गर्न आउन लागेका हुन् । सोही अवसर पारेर ओली निकट नेता कार्यकर्ताले केन्द्रिय बस टर्मिनलमा आमसभाको तयारी समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ माघ २०७७, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री महानेटबीच भेटवार्ता
प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने
प्रधानमन्त्री ओली र भियतनामका समकक्षी चिङबीच भेटवार्ता
प्रधानमन्त्री ओलीले गरे चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति चिनफिङबीच भेटवार्ता