काठमाडौं । ढल्केवर–जनकपुर राजमार्गको सपही सडक खण्डमा आज बसले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका धनुषाको लक्ष्मीनिया गाउँपालिका–३ का ५० वर्षीय दिपचन्द्र यादवको मृत्यु भएको छ ।
ढल्केवर–जनकपुर राजमार्गको लक्ष्मीनिया गाउँपालिका–४ सपहीस्थित सडकमा ना ४ ख १०६९ नम्बरको बसले यादव सवार साइकललाई पछाडीबाट ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका यादवको जानकी हेल्थ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक रायले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १६ माघ २०७७, २० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु