प्रचण्ड–नेपाल समुहको आज विराटनगरमा शक्ति प्रदर्शन

सफल खबर संवाददाता

शुक्रबार, १६ माघ २०७७, ०९ : २३
प्रचण्ड–नेपाल समुहको आज विराटनगरमा शक्ति प्रदर्शन

विराटनगर । प्रतिनिधिसभा विघटनलाई लिएर चरणबद्ध आन्दोलनमा उत्रिएको  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले शुक्रबार (आज) विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ । 

शक्ति प्रदर्शन अन्तर्गत तयारी गरिएको आमसभामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको केन्द्रीय सदस्य महेश रेग्मीले जानकारी दिए ।

सभाका लागि  समूहका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनाल बिहीबार बेलुका नै विराटनगर आइसकेका छन्।  अर्का अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बिहान आउने कार्यक्रम रहेको छ ।

सभामा ६० हजार बढि जनता उतार्ने दाबी रेग्मीले गरे। उनका अनुसार स्थानीय बरगाछी, तिनपैनी, हाटखोला र रोडषेश चौकबाट जनप्रदर्शन सुरु हुनेछ। यो समुहले हिजो बुटवलमा पनि शक्ति प्रदर्शन अन्तर्गत आमसभाको आयोजना गरेको थियो । 

प्रतिक्रिया दिनुहोस