जापान अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै सेन्ट्रल कलेजले गर्यो विभिन्न सात शहरमा शाखा विस्तार

सफल खबर संवाददाता

विहीबार, १५ माघ २०७७, ०९ : ०३
जापान अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै सेन्ट्रल कलेजले गर्यो विभिन्न सात शहरमा शाखा विस्तार

चितवन । जापान अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिदैं आएको सेन्ट्रल कलेज अफ भोकेस्नल ट्रेनिङ प्रालिले विभिन्न सात शहरहरुमा आफ्नो शाखा विस्तार गरेको छ । 

कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबी) का अनुसार बर्दघाट, भैरहवा, पाल्पा,  बाग्लुङ,  दमौली, बेसीशहर र गोर्खामा आफ्नो नयाँ शाखा विस्तार गरेको हो ।  कलेजले यस अघि नै कावासोती, पोखरा, हेटौंडा, टाँडी,पर्सा लगायतका स्थानमा शाखा विस्तार गरिसकेको छ ।

कलेजका पिंन्सिपल पौडेलले जापान जाने विद्यार्थीहरुलाई मात्र लक्षित गरि शैक्षिक परामर्श र भाषा परिक्षण दिदैं आएको सेन्ट्रल कलेजले अब निकट भविष्यमा नै युरोप र दक्षिण कोरिया जान चाहनेहरुका लागि विद्यार्थी भिषामा पठाउने व्यवस्था गरिएको बताए । साथै उनले निकट भविष्यमै इजरायलमा केयरगिभर पदमा जान चाहनेहरुका लागि कलेजले प्रशिक्षण शुरु गर्न लागेको बताए । कलेजका अनुसार निकट भविष्यमै इजरायल भाषा, अंग्रेजी भाषा, कोरियन भाषा र कम्यूटर कक्षा पनि संचालन गर्ने तयारी थालिएको छ ।

नेपालबाट थप अध्ययनका लागि विभिन्न देश जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै कलेजले शैक्षिक परामर्श प्रदान गर्दै आएको छ । कलेजले जापान जाने विद्यार्थीहरुका लागि लक्षित गर्दै जापानकै प्रशिक्षकबाट भाषा तालिम समेत प्रदान गर्दै आएको छ ।  विद्यार्थी भिसा समेत उपलब्ध गराउदैं आएको कलेजले जापान गएर अध्ययन गरी त्यहाँको सीप र ज्ञानलाई नेपालमा ल्याएर प्रयोग गर्न सक्ने तर्फ कलेजले परामर्श दिदैं आएको पनि प्रिन्सिपल पौडेलले बताए । 

पछिल्लो केही वर्ष यता शिक्षासँगै रोजगारीको अवसर समेत प्रशस्त पाईने भएकाले नेपाली विद्यार्थीहरूको रोजाईमा जापान अग्रनी स्थानमा पर्दै आएको छ । नेपालमै शैक्षिक परामर्शका लागि अग्रणी स्थानमा रहेको कलेज विगत १० वर्ष देखि आफ्नो सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस