महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हान्दा स्थानीयवासी ७२ वर्षीय वासुलाल चौधरीको मृत्यु भएको छ ।
गए राति पराल हाल्ने क्रममा राँगाले चौधरीलाई हान्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।
“राँगाले हान्दा चौधरी गम्भीर घाइते भएको र तत्कालै घटनास्थलमै मृत्यु भएको खबर छ”, प्रवक्ता थापाले भने, “आज कानूनी प्रक्रिया पूरा गरेर शव आफन्तलाई दाहसंस्कारका लागि दिन्छौँ ।” प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १५ माघ २०७७, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु
मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
कुटपिटबाट एकजनाको मृत्यु, एक घाइते