नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको काम तीव्र गतिमा

पत्रपत्रिकाबाट

बुधबार, १४ माघ २०७७, ०८ : ३७
नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको काम तीव्र गतिमा

काठमाडौं । कोभिड–१९ का कारण असर परेको राष्ट्रिय गौरवको आयोजना नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम पछिल्लो समय तीव्र गतिमा अगाडि बढेको छ ।

नागढुंगादेखि सिस्नेखोलासम्म बन्न लागेको २ दशमलव ६८८ लम्बाइको सुरुङको कामले तीव्रता पाएको छ ।

काम केही समय रोकिए पनि हाल भने दुई सिफ्टमा चौबीसै घण्टा काम भइरहेको आयोजना प्रमुख नरेशमा शाक्यले जानकारी दिए । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस