नेकपा विवाद मिलाउन आयोगलाई अवरोध, ओली किन बने असन्तुष्ट ?

पत्रपत्रिकाबाट

बुधबार, १४ माघ २०७७, ०७ : २२
नेकपा विवाद मिलाउन आयोगलाई अवरोध, ओली किन बने असन्तुष्ट ?

निर्वाचन अवधिमा पनि राजनीतिक दलसम्बन्धी विवाद निरुपण गर्न सकिने गरी निर्वाचन आयोगले गरेको नियमावली संशोधनको वैधता कायम गर्न र त्यसअनुसार कार्यान्वयनमा जाने प्रक्रियामा सरकारी अवरोध भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

आयोगले गरेको राजनीतिक दलसम्बन्धी नियमावलीको संशोधनलाई सरकारले तीन साता बितिसक्दा पनि राजपत्रमा प्रकशित गरिदिएको छैन ।

राजपत्रमा प्रकाशित नहुँदा निर्वाचन अवधि सुरु भएपछि पनि दलको विवाद निरुपण गर्न सक्ने भन्ने आयोगले गरेको संशोधित व्यवस्थाले कानुनी वैधता पाउन नसकेको हो । 

आयोगले पुस १९ मा नियमावली संशोधन गरेको थियो । संशोधनप्रति प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट रहेको कान्तिपुर दैनिकमा खबर छ । ओलीले नेकपा नफुटेको र आफू नै आधिकारिक नेकपा भएको दवी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस