जर्मनी भ्रमणका लागि बाइडेनलाई मर्केलको आग्रह

एजेन्सी

मंगलबार, १३ माघ २०७७, १९ : ४६
जर्मनी भ्रमणका लागि बाइडेनलाई मर्केलको आग्रह

काठमाडौ । जर्मन चान्सलर एन्जेला मर्केलले नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई जर्मनी भ्रमणका लागि निमन्त्रणा दिनुभएको छ ।

बाइडेनले सत्ता सम्हालेपछि सोमबार राति गरिएको पहिलो टेलिफोन कलमा जर्मन चान्सलर मर्केलले बाइडेनलाई महामारीजन्य जोखिम कम हुँदासाथ जर्मनी भ्रमणको निम्ता दिनुभएको हो । 

बाइडेनलाई अमेरिकी राष्ट्रपतिका रूपमा सपथ खाएपछि मर्केलले जर्मनी अमेरिकी नयाँ नेतृत्वसँग आफ्ना यूरोपेली तथा ट्रान्सएटलान्टिक सहयोगी मुलकसँग मिलेर अन्तर्राष्ट्रिय कामहरू गर्न इच्छुक रहेको उहाँले बताउनुभयो ।

फोनवार्तामा दुबै नेताले कोभिड–१९ महामारीको सामना गर्न थप अन्तर्राष्ट्रिय प्रयासहरू आवश्यक पर्ने बताउनुभएको थियो । भेटबारे जानकारी गराउन जर्मन संघीय सरकारले जारी गरेको वज्ञप्तिमा भनिएको छ, “जर्मन चान्सलरले अमेरिकी राष्ट्रपतिद्वारा विश्व स्वास्थ्य सङ्गठनबाट नअलग्गिने प्रक्रियालाई अघि बढाएकोमा अमेरिकी धारणाको स्वागत गर्नुभएको छ ।”

उक्त अबसरमा मर्केल र बाइडेनबीच खासगरी इरान र अफगानिस्तानबारे वैदेशिक नीति र व्यापार तथा जलवायु नीतिबारे पनि छलफल गर्नुभएको जर्मनीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस